जाडोमा हुनसक्छ निमोनिया, यसरी बचौँ
तस्विर: इन्टरनेटबाट

काठमाडाैं– काठमाडौंमा मात्र होइन, नेपालभर नै चिसो निकै बढिसकेको छ । जबजब चिसो याम सुरु हुन्छ, फोक्सो तथा छातीमा चिसोका कारण हुने संक्रमण पनि बढ्ने सम्भावना बढी हुन्छ। झन्, नेपालमा वर्षेनी निमोनियाका बिरामी बढ्दै छन् । त्यसैले यसबारे सतर्क हुनु राम्रो हो ।

पाँच वर्ष मुनिका बालालिका, प्रौढ तथा गर्भवती महिलाह?लाई निमोनिया हुने सम्भावना बढी हुन्छ । निमोनिया भएपछि फोक्सोका कोषह? सुनिन्छन्, श्वासप्रश्वासमा समस्या आउन सक्छ । निमोनिया ब्याक्टेरिया तथा भाइरसका कारण हुन्छ । 

लामो समयदेखि मिर्गौला, फोक्सो तथा कलेजोमा समस्या भएर औषधि सेवन गरिरहेका व्यक्तिहरुलाई निमोनिया हुने सम्भावना झन् बढी हुन्छ । 

लगातार लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने, खकार आउने, जिउ दुख्ने, श्वास प्रश्वासमा समस्या देखिएमा निमोनिया भएको हुनसक्छ । निमोनिया भएका बालबालिकाले सहजै खानपिउन सक्दैनन्, उनीहरुलाई आमाको दुध खान पनि समस्या हुन्छ । 

निमोनियाको उपचार भनेको एन्टिबायोटिक औषधिको सेवन हो । 

निमोनियाको उपचार तीन चरणबाट गर्ने सकिन्छ । सामान्य ज्वरो खोकी मात्र रहेछ भने बिरामीलाई सामान्य उपचार गर्न सकिन्छ ।



श्वासप्रश्वासमा समस्या, छाती दुख्ने, खकारमा रगत देखिइसकेको छ भने बिरामीलाई अस्पतालमा नै भर्ना गर्नु पर्ने हुन्छ । अत्यन्त धेरै बिरामी भएकाहरुलाई चाहिँ अस्पतालमा नै भर्ना गर्नु पर्ने हुन्छ ।

निमोनिया स?वा रोग हो, निमोनिया भएका मानिस वरपर रहने अन्य मानिसहरुलाई पनि निमोनिया हुनसक्छ ।



जाडोमा निमोनिया बढी हुने भएकाले खानपानदेखि मौसमको समेत ख्याल गर्नु पर्ने हुन्छ ।

  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १९:५१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया