'ए' डिभिजन लिग चल्दै गर्दा किरण लागे माल्दिभ्स,माझियो स्पोर्ट्स क्लबबाट खेल्ने
फरकधार / ३ मंसिर, २०७८

नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन् ।



चेम्जोङले माल्दिभ्सको माझिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबबाट खेल्ने भएका हुन् । त्यसका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेका छन् । किरणले यसअघि भारतको आई लिग क्लब पन्जाब एफसीबाट खेल्दै आएको थिए ।

पन्जाब एफसीसँगको सम्झौता समाप्त भएपछि किरणले माल्दिभ्सको माझिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबसँग अनुबन्ध भएका हुन् ।

नेपालमा शीर्ष श्रेणीको ‘ए’ डिभिजन लिग आजबाट सुरु हुँदा किरण भने माल्दिभ्स लागेका हुन् ।



उनले यसअघि माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबबाट पनि खेलेका थिए । २०१८/१९ को सिजनमा टिसी स्पोर्टसबाट खेल्दा किरणले लिगको उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए ।  स्पोर्ट्स एण्ड रिक्रिएसन क्लब किरणका लागि माल्दिभ्सको दोस्रो क्लब हो ।

किरणले नेपालमा गत जेठमा सम्पन्न नेपाल सुपर लिगमा धनगढी एफसी क्लबबाट खेलेका थिए । धनगढी सुपर लिगमा दोस्रो भएको थियो । किरणले नेपालबाट मच्छिन्द्र, थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लबबाट पनि खेलेका थिए ।

किरणकै कप्तानीमा नेपालले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल खेलेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार २०:६:१८,   अन्तिम अपडेट : मंसिर ३, २०७८ शुक्रबार २०:७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया