कांग्रेस महाधिवेशन : दाङमा संस्थापन र संस्थापनइतर समूह प्रतिस्पर्धामा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङका छवटै प्रदेश निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको छ । संस्थापन पक्ष र संस्थापनइतर चुनावी दौडमा गएका छन् ।

छवटै प्रदेश क्षेत्रमा समानुपातिकतर्फका केही पदमा निर्विरोध भए पनि अन्य सबै पदमा शनिबार बिहान ९ बजेदेखि मतदान हुनेछ । दाङको क्षेत्र नम्बर- १ 'क'को सभापतिमा ताराबहादुर डीसी र श्रीपत चौधरीको उम्मेदवारी परेको छ ।

यस क्षेत्रमा सबै पदमा निर्वाचन हुने भएको निर्वाचन समितिले जनाएको छ । यस्तै, प्रदेश निर्वाचन क्षेत्र- १ को 'ख'मा सभापति पदमा दिनेश गिरी र दिवाकर योगीको उम्मेदवारी परेको छ । १ 'ख'मा प्रदेश महाधिवेशन प्रतिनिधिमा खस आर्यतर्फ घनश्याम केसी र विना न्यौपाने निर्विरोध निर्वाचित भएका छन । केसी पुरुषतर्फ र न्यौपाने महिलातर्फ निर्विरोध भएका हुन् ।

अन्य पदमा भने निर्वाचन हुनेछ । यस्तै, प्रदेश निर्वाचन क्षेत्र- २ को 'क'मा प्रकाश श्रेष्ठ र दुर्गा जीएमबीच सभापति पदमा प्रतिस्पर्धा हुँदै छ । २ 'क'मा प्रदेश महाधिवेशन प्रतिनिधिमा आदिबासी जनजातितर्फ ध्रुवकुमार पुन, खस आर्यतर्फ मनोज बुढाथोकी र दलिततर्फ केशव नेपाली निर्विरोध निर्वाचित भएका छन् ।  प्रदेश निर्वाचन क्षेत्र- २ 'ख'को सभापतिमा अभियान बस्नेत र लालबहादुर गिरीको उम्मेदवारी परेको छ । यस क्षेत्रमा मुस्लिमतर्फको प्रदेश महाधिवेशन प्रतिनिधिमा सिमु सिद्धिकी निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, प्रदेश निर्वाचन क्षेत्र- ३ 'ख'मा सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । ३ 'ख'मा खिमबहादुर वली, चूडामणि ढकाल र टीकाराम घर्तीको सभापति पदमा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । ३ 'क'को सभापति पदमा देवेन्द्र रिजाल र बलीराम खत्रीको उम्मेदवारी परेको छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार २०:३१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया