काठमाडौं क्षेत्र नं ६ प्रदेश ‘क’ को सभापतिमा ख्यामराज निर्विरोध

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश ‘क’को सभापतिमा ख्यामराज तिवारी निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशअन्तर्गत आज सम्पन्न प्रदेशसभा अधिवेशनमा तिवारी निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित सभापति तिवारी काठमाडौं महानगरपालिका–२६ का वडाअध्यक्षसमेत हुन् ।

यस्तै, उपसभापतिमा सुमित्रा अणु जोशी, खेमकुमारी खड्का, सचिवमा लीला कार्की र प्रज्वला श्रेष्ठ तथा सहसचिवमा राजुमान डङ्गोल र गोविन्द पौडेल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत सन्तोष पण्डितले जानकारी दिए । प्रदेश अधिवेशन प्रतिनिधिमा सुनिल बैद्य, प्रकाश श्रेष्ठ, मोतीबहादुर थापा, रम्बा रजक, महेश कुँवर, पशुपति गुरुङ, माधवराज नेपाल, अन्जना रावल, गीता सिवाकोटी र ललिता कार्की छन् ।

यस्तै, प्रदेश प्रतिनिधिमै कृष्णबहादुर तामाङ, सुरेन्द्र डङ्गोल, इशा श्रेष्ठ, सुयस पौडेल, दिनेकुमार पाठक, प्रतिभा घिमिरे खरेल, जफर हुनेन र रुपा नेपाली निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पण्डितले बताए । काठमाडौं क्षेत्र नं ६ प्रदेश ‘क’ अन्तर्गत बागबजार, ठमेल, लैनचौर, सामाखुशी, नयाँ बसपार्क, गोङ्गबुलगायतका क्षेत्र पर्दछन् । उक्त प्रदेशसभामा कांग्रेसका १२३ क्षेत्रीय प्रतिनिधि रहेका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएसँगै कांग्रेसको आगामी मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन, १० गते जिल्ला अधिवेशन, १६ र १७ गते प्रदेश अधिवेशन र २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन हुने भएको छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार २०:४८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया