के कुराकानी भयो शेखर–प्रकाशमान भेटमा ?
फरकधार / ३ मंसिर, २०७८

१४ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसमा दुई सभापतिका आकांक्षी प्रकाशमान सिंह र शेखर कोइरालाबीच भेट भएको छ । उनीहरुबीच आज दिउँसो चाक्सीबारीस्थित सिंह निवासमा भेटघाट भएको हो ।



संस्थापन इतरका यी दुवै नेताले आआफू सभापतिमा उठ्ने दाबी गरिरहेका छन् । दुवैले पछिल्लो समय आक्रामक भाषण पनि गरिरहेका छन् ।

यहीबीच यी दुईबीच भएको भेटबारे चासो निकै बढेको छ ।



यो भेटमा एकले अर्कालाई सभापतिमा सहयोग गर्ने विषयमा छलफल भएको बताइएको छ । यसअघि सिंहले कोइराला अहिलेका लागि सभापतिमा फिट नहुने अभिव्यक्ति दिएका थिए । अनि कोइरालाले चाहिँ सिंहलाई काठमाडौंबाहिर खासै नचिनिने बताउँदै आएका थिए ।



शुक्रबारको भेटमा चाहिँ यी दुवैले आआफूलाई सभापतिमा सहयोग गर्न एकअर्कासँग अनुरोध गरेको सिंहनिकट एक नेताले जानकारी दिए ।

‘उहाँहरुबीच कुनै पनि कुरामा सहमति भइसकेको छैन,’ उनले भने, ‘तर, फेरि भेटेर छलफल गर्ने सहमति भएको छ ।’

  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार २२:४१:३०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया