के भारतीय राष्ट्रपतिले कंगनालाई पुरस्कार दिएर आफू लज्जित भएको बताएका हुन् ?

बलिउड अभिनेत्री कंगना रनौट अहिले भारतमा सबैभन्दा विवादित कलाकार बनेकी छिन् । उनले पछिल्लो समय भारतको स्वतन्त्रताबारे दिएको अभिव्यक्तिका कारण उनी सबैभन्दा बढी विवादित भएकी हुन् ।

यो विषय कतिसम्म विवादित बनेको छ भने पछिल्लो समय उनलाई भारत सरकारले दिएको पद्मश्री पुरस्कार फिर्ता गर्नु पर्ने समेत आवाज उठेको छ । उनले भारतलाई स्वतन्त्रता १९४७ मा नभएर सन् २०१४ मा मिलेको बताएकी थिइन् ।

यहीबीच अहिले भारतीय प्रयोगकर्ताले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको ट्विट भन्दै एउटा स्क्रिनसट सेयर गरेका छन् जसमा कंगनालाई पुरस्कार दिएकाले आफू लज्जित भएको र सरकारसँग यो पुरस्कार आफूले फिर्ता लिन पाउनु पर्ने माग गरेका छन् ।

यो कुरा निकै भाइरल भएपछि भारतीय मिडियाले यसको फ्यक्ट चेक गरेका छन् । त्यसबाट प्रमाणित भएको छ, कोविन्दले यस्तो लेखेका छैनन् ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार २२:५९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया