अमेरिकाः जो बाइडेनको ठाउँमा कमला ह्यारिस ‘राष्ट्रपति’ बन्ने

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस अब अमेरिकाको राष्ट्रपति बन्ने भएकी छिन् । कमला ह्यारिस अमेरिकामा पहिलो महिला हुनेछिन् जससँग राष्ट्रपतिको अधिकार हुनेछ ।

शुक्रबारदेखि राष्ट्रपति जो बाइडेनको स्वास्थ्यको परीक्षण हुने भएकाले उनले कमलालाई राष्ट्रपतिको जिम्मेवारी दिने भएका हुन् । नियमित स्वास्थ्य परीक्षणमा बाइडेनलाई लठ्याउने एनेसथेसिया दिन लागिएको र यसको प्रभावका कारण उनको अधिकार कमलालाई दिने भइएको हो ।

७९ वर्षका बाइडेनको शुक्रबार जन्मदिन पनि हो ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले ट्विट गर्दै यो जानकारी दिएका छन् । 

जनवरीमा अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका बाइडेनको राष्ट्रपतिका रुपमा पहिलो पटक स्वास्थ्य परीक्षण हुन लागेको हो ।

उनी अस्पतालमा रहँदा उनको जिम्मेवारी कमलाले सम्हाल्ने भएकी हुन् । सन् २००२ र २००७ मा पनि अमेरिकामा राष्ट्रपतिले आफ्नो जिम्मेवारी उपराष्ट्रपतिलाई दिएका थिए ।





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार ६:४८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया