नेपाली कांग्रेस पाँचथरको प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट दुई उपसभापति सर्वसम्मत चयन भएका छन् ।
भरतकुमार खपाङ्गी मगर र सीताराम न्यौपाने सर्वसम्मत रूपले चयन भएका हुन् ।
उनीहरू दुवै जना जिल्ला सभापति पदका उम्मेदवार रूपनारायण जबेगु र सुरेन्द्रकुमार दाहालको प्रदेश सभा निर्वाचन क्षेत्रको प्यानलमा थिए । दलित सदस्यमा शेरबहादुर विक पनि सर्वसम्मत भए ।
अन्य पदमा भने निर्वाचन आज हुने भएको छ ।
सभापति पदका लागि जबेगू पक्षबाट भगिश्वर योङहाङ र दाहाल पक्षबाट कुमार राई (प्रताप)को उम्मेदवारी छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा जबेगू पक्षबाट नगेन्द्रकुमार लामा र दाहाल पक्षबाट मैया श्रेष्ठ लावती उम्मेदवार छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।