टी-१० लिगमा आबुधाबीको विजयी सुरुवात, स्टर्लिङ र गेलको उत्कृष्ट ब्याटिङ

युएईमा शुक्रबार सुरु भएको टी–१० लिगमा टिम आबुधाबीले विजयी सुरुवात गरेको छ । गएराति शेखजायद रंगशालामा भएको खेलमा बंग्ला टाइगर्सलाई ४० रनले हराउँदै आबुधाबीले विजयी सुरुवात गरेको हो ।

आबुधाबीले दिएको १४६ रनको लक्ष्य पछ्याएको टाइगर्सले १० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो । उसका लागि आन्द्रे फ्लेचरले २४, हज्रतुल्लाह जजाईंले १८, बेनी होवेल र इसुरु उडानाले १५/१५ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा आबुधाबीका मर्चान्ट डी लांगेले २ ओभरमा २३ रन दिएर ५ विकेट लिए । उनी टी–१० मा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर हुन् । 

यसअघि टी–१० मा प्रविण ताम्बेले एक म्याचमा ५ विकेट लिएका थिए । त्यस्तै, बंग्लाविरुद्ध कप्तान लियाम लिभिंगस्टोन, जेमी ओभरटन र ड्यानि ब्रिग्सले एक/एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टिम आबुधाबीले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनायो । उसको लागि ओपनर पल स्टरर्लिङले ५९ र क्रिस गेलले अविजित ४९ रन बनाए ।  

स्टरर्लिङले आफ्नो पारीमा २३ बलमा ६ चौका र ५ छक्का तथा गेलले २३ बलमा २ चौका र ५ छक्का प्रहार गरे । उनीहरूले तेस्रो विकेटको लागि २४ बलमा ९७ रनको साझेदारी गरेका थिए। 



त्यस्तै, लियाम लिभिङस्टोनले १४ र फिल्ट साल्टले ७ रनको योगदान दिए । ​बलिङमा बांग्ला टाइगर्सका जेम्स फल्कनर, इसुरु उडाना र बेनी होवेलले एक/एक विकेट लिए।

शुक्रबारनै सम्पन्न अर्को पहिलो खेलमा दिल्ली बुल्सले नर्दन वारियर्सलाई ६ विकेटले पराजित गर्‍यो ।  



  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार ७:५४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया