पौडेल पक्षले अग्रता लिँदा रूपन्देहीमा झडप
फरकधार / ४ मंसिर, २०७८

रूपन्देहीको सिद्धार्थनगरमा मतगणना भइरहँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच झडप भएको छ । 



झडपमा परी पाँचजना घाइते भएका छन् । झडप राति भएको जिल्ला प्रहरी प्रमुख (एसपी) मनोज केसीले फरकधारलाई जानकारी दिए । 

पौडेल पक्षका सभापति उम्मेदवार पुरण श्रेष्ठले अग्रता लिएपछि झडप भएको खुलेको उनी बताउँछन् ।



श्रेष्ठ प्यानलका सचिव उम्मेदवार शैलेस पन्तसहितका नेताहरू घाइते भएका हुन् । लुम्बिनी प्रादेशिक अस्पतालमा पन्त र अन्यको भैरहवा अस्पतालमा भइरहेको छ । 



  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार ९:७:२८,   अन्तिम अपडेट : मंसिर ४, २०७८ शनिबार ९:८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया