कांग्रेस महाधिवेशन : उदयपुर २ (क)मा मतपत्र च्यातिएपछि मतगणना स्थगित
सांकेतिक तस्बीर

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उदयपुरमा प्रदेशस्तरीय (चार प्रदेश निर्वाचन क्षेत्र) मध्ये तीन स्थानमा निर्वाचन भएकाे छ । निर्वाचन क्षेत्र २ (क)मा दुवै पक्षबीच कुटाकुट हुँदा चारवटा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको छ ।

उदयपुरमा चार प्रदेश निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र १ (क), (ख) र निर्वाचन क्षेत्र २ को (ख) को मतपरिणाम सार्वजनिक भएकाे छ । निर्वाचन क्षेत्र २ (क)को मतपत्र च्यातिएको कारण स्थगित गरिएको छ ।

१ (ख)मा सरोजकुमार बस्नेत, २ (ख)मा कृष्ण थापा निर्वाचित  भएका छन् । उनीहरू सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय नेता हुन् । १ (क)मा अर्जुन दाहाल विजयी भएका छन् । उनी कोइराला–पौडेल पक्षका हुन् ।





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार ९:१९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया