कांग्रेस अधिवेशन : झापामा आठ सभापति निर्वाचित, दुई निर्विरोध

नेपाली कांग्रेसको १४ औं झापाकाे १० वटै प्रदेशसभा निर्वाचन क्षेत्रकाे अधिवेशन सम्पन्न भएकाे छ । 

कांग्रेसकाे पूर्वमहामन्त्री कृष्णप्रसाद सिटाैलाकाे बलियाे पकड रहेकाे जिल्लामा आठ सभापति निर्वाचित र दुई सभापति सर्वसम्मत चयन भएकाे नेता कृष्ण हुमागाईँले जानकारी दिए ।

उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ काे (क) मा हरि बुढाथोकी, (ख) मा सन्तोषप्रसाद न्याैपाने, २ काे (क) मा लक्ष्मी आचार्य, (ख) मा किरण श्रेष्ठ, ३ काे (क) मा चिन्तामणि खरेल, (ख) मा तुलसीप्रसाद ओली, ४ काे (क) मा विनाेद ढकाल, (ख) मा ख्याम सिटाैला र ५ काे (क) मा जीवनकुमार राई र (ख) मा रवीन न्याैपाने सभापति भएका छन् । 

यस्तै, सल्यानकाे प्रदेश निर्वाचन क्षेत्र (ख) मा सुरेश अधिकारीकाे प्यानल विजयी भएकाे छ । उनी संस्थापनइतर पक्षका हुन् । 

(क) मा भने अहिले मतगणना भइरहेकाे छ । संस्थापन पक्षका गाेरखबहादुर खत्री र इतर पक्षका सुरेश चन्दबीच प्रतिस्पर्धा भइरहेकाे छ । 

५०० मत गणना गर्दा खत्रीले २४६ र चन्दले २४७ मत पाएका छन् ।





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार ९:३६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया