कांग्रेस महाधिवेशन : मकवानपुरको ४ क्षेत्रमै देउवा पक्षका उम्मेदवार विजयी

कांग्रेस मकवानपुरको प्रदेश सभा क्षेत्रको निर्वाचन शुक्रबार सम्पन्न भएको छ । मकवानपुरमा २ प्रतिनिधिसभा क्षेत्र अन्तर्गतको ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । प्रत्येक क्षेत्रमा २५ जनाको निर्वाचन भएको हो । 

जिल्लाकाे ४ क्षेत्रमा ७ जनाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका थिए । जिल्लामा पार्टी सभापति शेरबहादुर देउवा प्यानल समर्थित र संस्थापनइतर रामचन्द्र पौडेल प्यानलका उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिए तापनि देउवा पक्ष बलियो भएको पुष्टि भएको  छ ।

मकवानपुरमा सबै क्षेत्रको शनिबार बिहान आएको नतिजा अनुसार  देउवाको खास मान्छेको पहिचान बनाएका जिल्ला सभापति इन्द्र बानियाँ पक्षका ३ सभापति निवार्चित भएका छन् । यस्तै एक जना सभापति निर्विरोध भएका छन् । 





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार ९:४१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया