मकवानपुरमा शुक्रबार भएको प्रतिनिधि सभा क्षेत्र १ अन्तर्गत प्रदेश सभा (क) मा शुसान्त श्रेष्ठ सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै उपसभापतिमा कमला कुमारी वाइबा, गोपाल बहादुर न्यासुर, सचिवमा भूमिनन्दन गौतम, शंकर कुमार पराजुली, सहसचिवमा अमर सोराली मगर र महेश ढकाल सर्वसम्मत रूपमा निर्वाचित भएका भएका हुन् ।
त्यसैगरी प्रत्यक्षतर्फ महिलामा गंगा पराजुली, छाँया अधिकारी, जानुका सिंह ठकुरी, खर्स आर्यतर्फ बालकुष्ण सापकोटा निर्विरोध, आदिबासी जनजाती महिलातर्फ प्रिती ग्यालन र भानु माया सोराली, आदिवासी जनजाती खुल्लातर्फ दिपक सिंह घलान, भक्त बहादुर राई , शुक्रराज पाख्रिन, दलितर्फ अनिल विक निर्विरोध र मधेशी, अल्पसंख्यक, मुस्लिम लगायतबाट रामशरण माझी सर्वसम्मत भएका छन् ।
श्रेष्ठलाई दुबै पक्षको समर्थन भए तापनि उनी देउवा निकट हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।