नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुर्खेतको प्रदेश निर्वाचन क्षेत्र (क) को सभापति पदमा भूपेन्द्र सुवेदी चयन भएका छन् ।
प्रदेश निर्वाचन क्षेत्र (ख) मा भने केशर वली सभापति चयन भएका छन् । उनीहरूसहित पदाधिकारी र सदस्यहरू सबै सर्वसम्मत चयन भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
यी दुवै प्रदेश निर्वाचन क्षेत्र खड्काको संघीय निर्वाचन क्षेत्रमा पर्छ । महामन्त्री खड्काले सर्वसम्मत चयन भएका सबैलाई शुभकामना दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।