सातौं संस्करणको धारा नेपालगञ्ज पुरुष म्याराथनको उपाधि एपिएफका किरणसिंह बोगटीले हात पारेका छन् ।
उनले निर्धारित दूरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा गरे ।
दोस्रो स्थान हासिल गरेका आर्मीका नरेन्द्र रावतले निर्धारित दूरी २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा पूरा गरे ।
२ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा दौड पूरा गरेका एपीएफका सन्तोषविक्रम विष्टले तेस्रो स्थान हासिल गरे ।
पुरुष म्याराथन विजेताले १ लाख, उपविजेताले ५० तथा तेस्रो स्थानमा रहनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले हात पारिन् ।
उनले निर्धारित दूरी १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरिन् ।
साबिक विजेता पुष्पा भण्डारीले १ घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थानमा चित्त बुझाइन् ।
१ घण्टा ३६ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरेकी विन्दु हमालले तेस्रो स्थान हासिल गरिन् ।
हाफ म्याराथनको विजेताले ५१, उप विजेताले २५ तथा तेस्रो स्थानमा रहनेले १५ हजार रुपैयाँ प्राप्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।