सहिद स्मारक ए डिभिजनअन्तर्गत शनिबारको पहिलो खेलमा संकटा र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका हुन् ।
सुरूवाती अग्रता जोगाउन नसक्दा संकटा अंक बाँड्न बाध्य बन्यो ।
खेलको ६०औँ मिनेटमा लक्ष्मण रूचालले गोल गर्दै संकटालाई सुरूवाती अग्रता दिलाएका थिए ।
रूचालले सुवास गुरुङको क्रस बललाई हिमालयनका गोलरक्षक दीप कार्कीले नियन्त्रणमा लिन नसेको अवस्थाको फाइदा उठाउँदै गोल गरेका हुन् ।
संकटाको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन ।
खेलको ६३औँ मिनेटमा जीवन गुरुङको क्रसमा त्रिदेव गुरुङले हेडमार्फत उत्कृष्ट गोल गर्दै हिमालयनलाई बराबरीमा ल्याए ।
यो बराबरीसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।