क्रिप्टोको प्रमुख करेन्सी बिटक्वाइनको मूल्यमा लगातार गिरावट आएको छ । दुई हप्ताको अवधिमा यसको मूल्यमा २० प्रतिशतले गिरावट आएको हो । अहिले यो ५७ हजार डलरभन्दा कम मूल्यमा बिक्री भइरहेको छ ।
बिटक्वाइनको मूल्य ६ दिनदेखि लगातार घटिरहेको छ । शुक्रबार लन्डनको शुरुआती कारोबारमा यो क्रिप्टोकरेन्सीको मूल्य ०.५ प्रतिशतले घटेर ५६ हजार २८० डलरमा कारोबार भएको थियो । ओन्डाका सीनियर मार्केट विश्लेषक क्रेग एर्लामले लेखेका छन्, 'बिटक्वाइनमा करेक्सन कुनै ठूलो कुरा होइन ।'
केही विश्लेषकका भनाइमा अक्टोबरमा यसको मूल्यमा ४० प्रतिशत बढेपछि यसको तीव्र गिरावट सामान्य हो । अन्य केही विश्लेषकका अनुसार चीनमा क्रिप्टोमाथि क्र्याक डाउन र नयाँ अमेरिकी ट्याक्स-रिपोर्टिङ प्रावधानका कारण क्रिप्टोमाथिको लगानी नकारात्मक रूपमा हेरिएको छ ।
सेक्टेम्बरको सुरुवातमा बिटक्वाइन ५३ हजार डलरसम्म पुगेको थियो । पछिल्लो २४ घण्टाको अवधिमा पनि यसको मूल्य ३ प्रतिशतले घटेको छ । १० नोबेम्बरमा ६८ हजार ७८९.६३ डलर अहिलेसम्मकै सबैभन्दा बढी मूल्य कायम भएको थियो । त्यसपछि यसको मूल्यमा लगातार गिरावट आइरहेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको एक रिपोर्ट अनुसार बिटक्वाइनको मूल्यमा गिरावट बाहिरबाटै मुनाफा असली गर्नेका कारण देखिएको हो ।
यता दोस्रो सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी इथरको मूल्य अहिलेसम्मकै उच्च पुगेको छ । यो अहिले ४ हजार ३१४ डलरमा कारोबार भइरहेको छ ।
डगक्वाइनको मूल्य पनि ७ प्रतिशतले बढेर ०.२३ डलरमा बिक्री भइरहेको छ । त्यस्तै, शिबा इनूको मूल्यमा पनि १५ प्रतिशतले बृद्धि भएको छ । अहिले यो ०.००००४९ डलरमा बिक्री भइरहेको छ । क्रिप्टोकरेन्सीको कुल मार्केट भ्यालु २.७ ट्रिलियन डलर पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।