मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन् । १८ वर्षकी रक्षा यादव सर्वसम्मतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् ।
प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिक्रिया दिएकी छिन् ।
अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने उनले बताइन् ।
यस क्षेत्रबाट रक्षा मात्र सर्वसम्मत प्रतिनिधि चयन भएकी हुन् । अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन भइरहेको छ ।
रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको कांग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।