केपी ओलीको प्रतिमासहित युवासंघले गर्‍यो काठमाडौंमा मोटरसाइकल र्‍याली

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा भ्रातृ संगठन युवा संघले काठमाडौंमा मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको प्रतिमासहित युवासंघको नेतृत्वमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको हो । ललितपुरको बालकुमारीबाट सुरु भएको र्‍याली लगनखेल—जाउलाखेल—माइतीघर—बिजुली बजार हुँदै क्वालिटी ब्याङ्क्वेटसम्म पुगेको थियो ।

र्‍यालीपछि क्वालिटी ब्याङ्क्वेटमा विशेष सभाको आयोजना गरिएको छ । आयोजित कार्यक्रममा समारोहलाई नेता महेश बस्नेतलले सम्बोधन गरेका छन् ।

एमालेको १० औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । त्यसको पूर्वसन्ध्यमा तयारी प्रचार प्रसारलाई तीब्रता दिइएको छ । काठमाडौंमा मात्र नभएर देशभर महाधिवेशनको प्रचार प्रसार भइरहेको नेकपा एमाले प्रचार विभागले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १५:५९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया