वीर अस्पतालमा अब मोबाइलबाटै ओपीडी टिकट काट्न सकिने

वीर अस्पतालमा उपचारका लागि आउने बिरामीले अब मोबाइलबाटै टिकट लिन पाइने भएको छ । मोबाइल एप सञ्चालनमा ल्याएर त्यहीबाट ओपीडी टिकट काट्न मिल्ने व्यवस्था मिलाएको हो ।

अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले अबदेखि वीर अस्पतालमा स्वास्थ्य सेवा लिन एपमार्फट टिकट काटेमा अस्पतालमा आएर टोकन र टिकटको लागि लाइनमा बस्न नपर्ने बताए ।

आफ्नो मोबाइलमा वीर हस्पिटल एप डाउनलोड गरेर आफूले चाहे अनुसारको सेवा रोजेर टिकट लिने व्यवस्था मिलाइएको उनको भनाइ छ । यसरी एपबाट टिकट लिएकाले ई-सेवा वा खल्तीमार्फत टिकट शुल्क तिर्न सकिनेछ ।

मोबाइलबाटै टिकट काटेकाहरू अस्पतालमा आएर सीधै ओपीडि सेवा लिन पाउने उनको भनाइ छ । बिरामी सीधै चिकित्ककहाँ गएर सेवा लिन ओपीडीमा जान सकिनेगरी व्यवस्था मिलाइएको भन्दै यसले टिकटका लागि हुने भीडभाड हट्ने बताए ।

अस्पतालले यसअघि नै ल्याब रिपोर्टहरू अनलाइनमार्फत हेर्न मिल्ने व्यवस्था गरिसकेको छ । अस्पताललाई डिजिटलाइजेसन गर्ने आफ्नो योजना अनुरूप अनलाइनमार्फत सेवाहरू सञ्चालन गर्ने काम भइरहेको डा. बस्नेतको भनाइ छ ।

सामान्यतया वीर अस्पतालबाट दैनिक दुई हजारदेखि २ हजार ५०० जनाले ओपीडी सेवा लिने गरेका छन् । अहिलेसम्म टोकनमार्फत टिकट काट्ने व्यवस्था थियो । जसले गर्दा लामो समय लाइनमा बस्नुपर्ने समस्या थियो । अब मोबाइलबाटै टिकट काट्ने व्यवस्था मिलेपछि लाइन बस्नुपर्ने समस्या हट्ने र समयको वचत हुने उनको भनाइ छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १६:५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया