शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण भयो, निरुत्साहित गरौँ : माधव नेपाल

नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कारबाही गर्ने बताएका छन् । 

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालद्वारा मध्यपुर थिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलाको अन्तिम दिन शनिबार उनले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएका हुन् । 

उनले शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिए ।

‘स्वास्थ्य क्षेत्रमा भएका गलत कामलाई सुधार्न र विगतदेखि समस्या झेल्दै आएका कर्मचारीको समस्या समाधान गर्न स्वास्थ्यमन्त्री प्रतिबद्ध भएर काममा लागेको छ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्र भएका गलत काम कारबाहीलाई अब रोकिन्छ ।’ 

अध्यक्ष नेपालले नेकपा एमालेमा रहने सच्चा कम्युनिष्टलाई ढोका बन्द गरेपछि बाहिर आउनु परेको बताए । उनले भने, ‘आफूहरुलाई एमालेमा बस्न ढोका बन्द गरेपछि सन्न्यास लिने कि आत्मसमर्पण गरेर केपी ओलीको टाङमुनि छिरेर बस्ने भन्ने भयो, हामीले त्यसलाई अस्वीकार गर्यौं र बाध्य भएर नयाँ पार्टी गठन गर्यौं ।’

अध्यक्ष नेपालले नेकपा समाजवादीमा आउनेको देशव्यापी लहर चलेको उल्लेख गर्दै आफूहरु पुष्पलाल अघि बढेकै बाटो हिँडेको दाबी गरे । 



राम्रो संस्कार जति समाजवादीमा ल्याएको र आउने क्रम जारी रहेको उनले बताए । आज सम्पन्न हुने भेलाले घोषणापत्र जारी गर्ने बताइएको छ ।



  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १६:५८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया