कांग्रेस सभापति देउवा र महामन्त्री कोइरालाबीच भेटवार्ता

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच भेटवार्ता भएको छ । देउवासँग भेटका लागि बालुवाटार पुगेका कोइरालासँग रक्षामन्त्री मीनेन्द्र रिजाल पनि साथै गएका थिए । 

कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिका दाबेदार दुई शीर्ष नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेसको रामचन्द्र पौडेल समूहका सभापतिका दाबेदारहरु नै एक–अर्कालाई आरोप प्रत्यारोपमा व्यस्त रहेका वेला देउवाले महामन्त्री कोइरालासँग भेट गरेका हुन् । 

यद्यपि, देउवासँग महाधिवेशनको प्रक्रिया र तयारीका विषयमा छलफल भएको महामन्त्री कोइरालानिकट स्रोतले दाबी गरेको छ । देउवा र कोइरालाबीच १४औँ महाधिवेशनअन्तर्गत विवादित बनेका रसुवा, सर्लाहीलगायत जिल्लाको अधिवेशनका विषयमा छलफल भएको स्रोतले बताएको छ । 

यसअघि कोइरालाले नेता प्रकाशमान सिंहसँग उनकै निवासमा गएर भेट गरेका थिए । केही दिनअघि कोइराला र सिंहबीचको आरोप–प्रत्यारोप सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।  





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १७:१३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया