रणनीतिक छलफलमा जुटे पौडेल, कोइराला र सिंह

आसन्न महाधिवेशनको रणनीति बनाउन कांग्रेसको पौडेल समूहका प्रमुख तीन नेता छलफलमा जुटेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंह छलफलमा जुटेका हुन् । 

उनीहरु तीनैजना आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी हुन् । एउटै समूहमा रहेका तीन नेता महाधिवेशनको तयारी, क्षेत्र र जिल्ला अधिवेशन तथा टिमबाट साझा उम्मेदवार तय गर्ने विषयमा छलफलमा जुटेका हुन् ।

यसअघि असन्तुष्टि जनाउँदै पौडेल समूहको दुई बैठकमा अनुपस्थित सिंहलाई पौडेल र कोइरालाले सिंहलाई घरमै पुगेर भेटेका थिए । दुई नेताको आग्रहपछि सिंह शनिबार सामूहको बैठकका लागि तयार भएका हुन् ।

तीन नेताबीच महाराजगन्जस्थित शशांकको निवासमा भेट भएको हो । सभापतिका अर्का आकांक्षी शेखर कोइराला काठमाडौं बाहिर रहेकाले तीन नेता मात्रै बसेर छलफल गर्न लागेको बताइएको छ ।
 





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १७:३६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया