ए डिभिजन लिग : थ्रीस्टारको शानदार सुरुवात

सहिद स्मारक ए डिभिजन लिगमा ललितपुरको  थ्रीस्टार क्लबले शानदार सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्रीस्टारले शनिबार सहरी प्रतिद्वन्द्वी च्यासल युथ क्लबमाथि ३-० को सहज जित हात पारेको हो ।

खेलको २१औं मिनेटमा निशान खड्काले फ्रि किकमार्फत उत्कृष्ट गोल गर्दै थ्रीस्टारलाई अग्रता  दिलाएका थिए ।

२६औं मिनेटमा विकास मेराग्लिया पेनाल्टीमा चुक्दा च्यासलले बराबरी गर्ने सुवर्ण अवसर गुमायो ।

विकासको प्रहारलाई थ्रीस्टारका गोलरक्षक प्रिसोले बचाउ गरेका थिए ।

थ्रीस्टारका डिफेन्डर अनन्त तामाङले  डिबक्सभित्र  विकासलाई नै लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो  ।



४५औं मिनेटमा हेमन्त थापामगरको फ्रि किकलाई हेडमार्फत गोल गर्दै राफायल बिडियास रिमले थ्रीस्टारको अग्रता दोब्बर बनाए ।

५८औं मिनेटमा अनन्त तमाङले थ्रीस्टारका लागि तेस्रो  गोल गरे ।



यो जितसँगै थ्रीस्टारले ३ अंक जोड्दा च्यासलले भने लिगको सुरुवात हारबाट गरेको छ ।

  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १८:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया