देउवा, प्रचण्ड र नेपालले विदेशीको चाकरी गर्न देशकै कानुनको निर्लज्ज उल्लंघन गरे : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय योगगुरु बाबा रामदेवलाई नेपालमा टेलिभिजन च्यानल चलाउन दिएकोमा आपत्ति जनाएका छन् । शनिबार साँझ ट्विटरमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै उनले टेलिभिजन सञ्चालन गर्न दिँदा देशकै कानुनको उल्लंघन भएको बताएका हुन् ।

उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले विदेशीको चाकरी गर्न देशकै कानुनको निर्लज्ज उल्लंघन गरेको आरोप लगाएका छन् ।

'प्रम देउवा, प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टी.भी. भारतीय योगगुरूलाई सञ्चालन गर्न दिन त्यसको उदघाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन हो' उनले भनेका छन् 'यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखे झैं गर्छन् ।'

शुक्रबार प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले बाबा रामदेवको पतञ्जलि योगपीठ नेपालले सञ्चालन गर्न लागेका दुईवटा टिभी च्यानलको उद्घाटन गरेका थिए । नेपालमा कानुनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टिभी च्यानल बाबा रामदेवलाई चलाउन दिएको भन्दै आलोचना भइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १९:५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया