प्रिमियर लिग : लेस्टर सिटीमाथि चेल्सीको सहज जित

इङ्गलिस प्रिमियर लिगअन्तर्गत शनिबारको खेलमा चेल्सीले घरेलु टोली लेस्टर सिटीमाथि  ३-० को सहज निकालेकाे छ ।

किङ्गस पावर स्टेडियममा चेल्सीलाई जित दिलाउन एन्टाेनी रूढीगर , एन्गाेलाे कान्टे  र  क्रिस्टियन पुलिसिकले १-१ गाेल गरे ।

खेलकाे १४औँ मिनेटमा रूढीगरकाे गाेलमार्फत चेल्सीले अग्रता लिएकाे थियाे ।

२८औँ मिनेटमा कान्टेले टाेलीको अग्रता दाेब्बर बनाए । ७१औँ मिनेटमा पुलिसिकले तेस्रो  गाेल गरेपछि चेल्सीले सहज जित हात पार्‍यो ।

याे जितसँगै शीर्ष  स्थानमा कामयमै  रहेकाे चेल्सीले १२ खेलबाट २९ अंक जाेड्दा समान खेलबाट १५ अंकका साथ लेस्टर १२औँ स्थानमा छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार २०:२०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया