कांग्रेस महाधिवेशन : दाङ प्रदेश सभा ३ को 'क'मा रिजाल र २ को 'ख'मा गिरी निर्वाचित

नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रको निर्वाचनअन्तगर दाङमा केही क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । ६ वटा प्रदेश सभा क्षेत्र रहेको दाङमा दुई प्यानल चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

जसमा निर्वाचन क्षेत्र नम्बर ३ कको सभापतिमा देवेन्द्र रिजाल निर्वाचित भएका छन् । संस्थापन इतरसमूहबाट प्यानलसहित निर्वाचनमा गएका रिजालको एक सचिव बाहेक प्यानल नै विजयी भएको छ ।

समितिको उपाध्यक्षमा पुष्पराज गिरी, सालिकराम रेग्मी निर्वाचित भएका छन् । सचिवमा किरण केसी र तेज बहादुर डाँगी निर्वाचित भएका छन् । सह सचिवमा राजेन्द्र महतरा र रञ्जन कुमार गौतम निर्वाचित भएको निर्वाचन समितिले बताएको छ । संस्थापन पक्षबाट बलिराम खत्रीको प्यानल प्रतिस्पर्धामा गएको थियो ।

३ कमा ३ सय ५५ मतदाता रहेकोमा  ३ सय ५० मत खसेको थियो । संस्थापन इतर पक्षधर रिजालले १९१ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी बलिराम खत्रीले १५२ मत प्राप्त गरे । सार्वजनिक मत परिणाम अनुसार रिजालले खत्रीलाई ३९ मतान्तरले पराजित गरेका छन् । उपसभापतिमा गिरी १९४ र रेग्मी १८० मत प्राप्त गरी विजयी भएका छन् । उनीहरूका प्रतिपष्पर्धीहरू खुसलराम खड्काले १३९ र लेखकुमार कार्कीले १५६ मत प्राप्त गरेका छन् ।

सचिव पदमा तेजविक्रम डाँगी १९८ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै किरण केसीले १८४ मत प्राप्त गरेका छन् । रिजालको टिमभन्दा फरक प्यानलबाट जित्ने केसी एक मात्रै नेता हुन् । सचिव पदमा रिजाल टिमका उम्मेदवार रेसमकुमार खत्रीले १४७ र खत्री टिमका डम्मरबहादुर भण्डारीले १२९ मत प्राप्त गरेका थिए ।

सहसचिव पदमा रिजाल टिमका रञ्जन गौतमले १७४ र राजेन्द्र महतराले १७९ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी चन्द्रमान खड्काले १५६ र लीलामणि चौधरीले १२९ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।



त्यस्तै गरेर दाङ क्षेत्र नम्बर १ प्रदेश (ख)को सभापतिमा दिनेश गिरी निर्वाचित भएका छन् । संस्थापन पक्षधर गिरीको पुरै प्यानल विजयी भएको छ । गिरी १२९ मतअन्तरले विजयी भएका छन् । गिरीले २१० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दिवाकर योगीले ८१ मत मात्रै प्राप्त गरे ।

त्यस्तै, उपसभापति पदमा दामोदर पौडेलले २०४ र गोपाल नेपालीले २११ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी ओमकार यादवले ८४ र हिमराज डिसीले ७९ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृत रेसम गिरीले जानकारी दिए ।



सचिवमा लालवीर खड्काले १८९ र मंगलप्रसाद चौधरीले २१८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धीहरू सुमित्रा विक ७६ र रामप्रसाद चौधरीले ९० मत मात्रै प्राप्त गरे । त्यस्तै, सहसचिवमा कुलबहादुर बुढा मगरले २१४ र हुर्मतकुमार बोहराले १८७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनीहरूका प्रतिस्पर्धीहरू मानबहादुर यादवले ७८ र महेशकुमार चौधरीले ९० मत मात्रै प्राप्त गरेको छन् । दाङ क्षेत्र नम्बर १ प्रदेश ख मा कांग्रेसका कुल ३ सय १० मतदाता थिए । त्यसमध्ये ३ सय ५ मत खसेको थियो भने  ४ मत बदर भएको थियो । दाङका अन्य चार निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।

  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार २०:५३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया