किसुनजी, गणेशमान र बिपीको सपना पूरा गर्न सक्छु भन्ने विश्वास छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका प्रतिनिधि भएपछि जस्तोजुकै अवस्था पनि फिट हुनसक्ने क्षमता हुनुपर्ने बताएका छन् । 

शनिबार काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकार्पण कार्यक्रममा बोल्दै उनले पार्टीका संस्थापन नेताहरुको सपना आफूले मात्र पूरा गर्न सक्ने बताए । 

‘किसुनजी, गणेशमानजी, बिपीजीको जनताको जीवनयापन सहज बनाउने सपना थियो । उहाँहरुले विकसित नेपालको सपना राख्नु भएको थियो,’ उनले भने, ‘त्यो सपना तपाईंहरुको सहयोगबाट पूरा गर्न सक्छु भन्ने विश्वास छ ।’

बानेश्वर नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको भन्दै नेता सिंहले बानेश्वरको पहिलेको अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफेरो पुस्तक’ पढ्नुपर्ने बताए । 





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार २१:४१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया