मलाइकाको फिटनेस राज: लन्च देखि डिनरसम्म उमालेको तरकारी

बलिउड अभिनेत्री मलाइका अरोरा ४५ वर्ष पुगेकी छन् । बढ्दो उमेर र बच्चाको आमा हुनुका बाबजुद पनि मलाइका फिट देखिन्छिन् । आफुलाई फिट राख्नका लागि मलाइकाले लामो समय जिममा वर्कआउट गरेर बिताउँछिन् । हालै उनले योग सेन्टर पनि जान सुरु गरिन् । एक इन्टरभ्युको क्रममा उनले आफ्नो फिटनेसको बारेमा बताएकी थिइन् । आफूले खानेकुरामा धेरै सागसब्जी हुने उनी बताउँछिन् । 

मलाइकाले आफ्नो दिनको सुरुवात हेल्दी र स्मुदी थिक जुसबाट सुरु गर्छिन् । बे्रकफास्टमा एभोकाडो टोस्ट धेरै मन पराउँछिन् । पेस्टमा चिली फ्लेक्स राखेर खाने गर्छिन् । मलाइकाले लन्च र डिनरमा डिटक्स मिल लिन्छिन्, जसमा धेरै उमालिएका साग तरकारीको प्रयोग गरिएको हुन्छ । यसले तौल बढ्न नियन्त्रण गर्छ । 

डिनरमा मलाइका सादा खाना मन पराउँछिन् । डाइटमा घिउ, गुड, खजुर, मह अादि समावेश गरिएको हुन्छ तर उनले मिठाईको प्रयोगलाई शुन्य बनाएकी छिन् । मलाइका गहुँको पास्ता, दिनहुँ बदाम मिल्क, इलायची पाउडर र महको साथमा ओट्स लिने गर्छिन् । 

शरीरमा आइरनको मात्रा बढाउनका लागि मलाइकाले डिटक्स जुस सेवन गर्छिन् । उनलाई सबैभन्दा धेरै ‘सि फुड्स’ मन पर्छ । कोकोनट वाटर पनि उनी निरन्तर पिइरहन्छिन् । हार्ड ड्रिंग्स र स्मोकिंगबाट उनी निकै टाढा रहने बताउँछिन् ।  

मलाइका डाइटमा ध्यान पुर्याउनुका साथै फिट रहनका लागि जिम वर्कआउट र आउटडोर स्पोर्टस पनि खेल्छिन् । सधै ३० मिनेट स्वीमिङ्ग, साइक्लिङ्ग र जगिङ्ग गर्छिन् । उनको फिटनेस सेडुअलमा योग, डान्स, वेट टे«निङ, किक बक्सिंग पनि रहेको छ । 

सधैं फुर्तिलो हुन र फिट रहनका लागि निद्रा महत्वपूर्ण रहेको मलाइका बताउँछिन् । उनी ७–८ घण्टा निदाउने गर्छिन् । बेडमा जानुभन्दा २ घण्टा पहिला उनी डिनर लिन्छिन् । सुत्नुभन्दा २ घण्टा अगाडी खाना खाँदा डाइजेशन ठिक रहनाले शरिर फिट रहने विश्वास उनको छ । 





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार २१:५६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया