मोजा गनाउने समस्या छ ? यस्ता छन् समाधानका उपाय

कतिपय मानिसको खुट्टामा पसिना आउने समस्या हुन्छ । जब छालामा भएको व्याक्टेरिया पसिनाको सम्पर्कमा आउँछन् तब गन्ध आउन सुरु हुन्छ । 

गर्मी मौसममा बढी पसिना आउने हुनाले मोजा, जुत्ता वा खुट्टा गनाउने समस्या ज्यादा हुन्छ । कतिपय मानिसलाई यो समस्याले निकै सताइरहेको हुन्छ । यो समस्याबाट छुटकारा पाउन विभिन्न उपाय अपनाउन सकिन्छ । 

अदुवा वा अमिलो 

पानीमा केही थोपा निबुवा वा कागती राखेर खुट्टा धुन सकिन्छ । यसको सट्टामा अदुवाको रस हातमा लिई खुट्टामा लगाउने र केही समयपछि मनतातो पानीले पखाल्ने । हप्तामा तीनपटक यो विधि अपनाएर खुट्टाको दुर्गन्ध हटाउन सकिन्छ । 

बेकिङ सोडा 

सोडियम कार्बोनेटलाई सामान्य भाषामा बेकिङ सोडा पनि भनिन्छ । खुट्टा र मोजाको दुर्गन्ध हटाउन बेकिङ सोडा सजिलो उपाय बन्न सक्छ । यसले पसिनालाई सामान्य अवस्थामा रहनुका साथै किटाणु नियन्त्रण गर्न यो सहयोगी बन्छ । मनतातो पानीमा बेकिङ सोडा घोल्ने र उक्त घोलमा आधा घण्टाजति खुट्टा डुबाइराख्नाले खुट्टाको गन्ध बिस्तारै हटेर जान्छ ।



फिटकिरी

फिटकिरीमा एन्टिसेप्टिक गुण हुन्छ जसले व्याक्टेरिलाई फैलनबाट रोक्छ । एक चम्चा फिटकिरीको धुलोलाई एक जग पानीमा राख्ने र उक्त पानीले खुट्टा पखाल्ने । केही दिनसम्म यो विधि लगातार अपनाउनाले बिस्तारै खुट्टा गनाउने समस्या कम हुँदै जान्छ ।



खुट्टा सफा राख्ने 

खुट्टालाई र जुत्तालाई दुर्गन्धबाट पर राख्न सबैभन्दा पहिले खुट्टा सफा हुनु जरुरी हुन्छ । जुत्ता लगाउनुपूर्व खुट्टा सफा छ कि छैन भन्ने कुरा पनि उत्तिकै महŒवपूर्ण छ किनकि धुलो टाँसिएको र फोहोर खुट्टा नै सबैभन्दा धेरै गनाउने हुन्छ ।
 

  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार २१:५९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया