हेल्थ टिप्सः घरमै बसेर तौल घटाउने केही सरल उपाय

हामी बढ्दै गएको आफ्नो तौल घटाउने प्रयासमा लागिरहेका हुन्छौं । तर, घरबाट बाहिर हिँड्न लागि अनुकूल नभएकाले पनि बारम्बार हामी आफ्नो योजना त्यागिरहेका हुन्छौं । तर, घरमै बसेर पनि तौल घटाउने केही टिप्स छन् जसको प्रयोग गरी हामी तौल घटाउन सक्छौं । घरमै बसरे तौल घटाउन अपनाउनुहोस् यी टिप्सः

दिनहुँ व्यायाम गर्नुहोस्

तौल घटाउनका लागि दिनहुँ हल्का व्यायाम गर्नुहोस् । यसका लागि तपाईं घरमा योग या नृत्य गर्न सक्नुहुन्छ । तौल घटाउने यो एउटा सरल र उत्तम तरिका हो । 

घरको काम आफैं गर्नुहोस्

यदि तपाईंले दिनहुँ घरको सफा गर्ने क्रममा झाडु लगाउने तथा घर पुछ्ने गर्नुभयो भने पनि तपाईंको तौल बढ्न पाउँदैन । 

पर्याप्त खानुहोस्



मान्छेहरु तौल घटाउन भनेर खाना कम खाने गर्छन् । केही मात्रामा यो ठीकै पनि हो । तर तपाईंको शरीरलाई कति क्यालोरी चाहिन्छ त्यो थाहा पाउनुहोस् र खानामा सबै प्रकारको पोषक तत्त्व समावेश गर्नुहोस् ।

खाना खाएपछि खाद्यवस्तु किनमेलका लागि निस्कनुहोस्



यो तरिका पनि स्वस्थ शरीरका लागि उपयोगी हुन सक्छ । तपाईं खाद्यवस्तु किनमेलका लागि जानु छ भने पेटभरि खाएर मात्र निस्कनुहोस् । यो तरिकाले तपाईंलाई किनमेलका समयमा स्वस्थकर तरकारी तथा फलफूल किन्नमा सहयोग मात्र गर्दैन, जंक फुडतर्फ आकर्षित हुन पनि दिँदैन । 

बिस्तारै राम्रोसँग चपाएर खानुहोस्

तपाईंले बिस्तारै खाने बानीको विकास गर्नुपर्छ । खानालाई राम्रोसँग चपाएर खानु अति आवश्यक छ । यसरी खाएमा खाना राम्रोसँग पच्छ र तपाईं धेरै खानबाट पनि जोगिनुहुन्छ । 

आफ्नो खाना आफैं बनाउनुहोस्

स्वस्थ खानाको यो एउटा गुह्य सूत्र हो । जब तपाईं आफ्नो खाना आफैं बनाउनुहुन्छ, तपाईंले आफ्नो स्वास्थ्यको ख्याल गर्दै स्वस्थकर खाना बनाउनुहुन्छ । 

पैदल हिँड्नुहोस्

यो पनि तौल घटाउनका लागि आधारभूत तरिका हो । धेरैभन्दा धेरै पैदल हिँड्ने बानी बसाल्नुहोस् । लिफ्टको सट्टा सिँडीको प्रयोग गर्नुहोस् । यदि तपाईंको कार्यालयको काम बसेर गर्नुपर्ने किसिमको छ भने हरिक दुई घन्टामा पाँचदेखि दस मिनेट यताउता हिँड्नुहोस् । 

  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार २१:५९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया