एजेन्सी– इजरायलका रक्षा मन्त्री एविगडोर लिबरम्यानले बुधबार पदबाट राजीनामा दिएका छन् । इजिप्टको मध्यस्थतामा इजरायल र प्यालेस्टाइनको आतंककारी संगठन हमाससँग युद्धविराम गरेकाे र कतारले गाजा क्षेत्रमा करोडौं डलर दिएकोप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।
एविगडोरले युद्धविरामलाई आतंकवादविरुद्ध इजरायलको आत्मसमर्पण रहेको भन्दै देशमा छिटो भन्दा छिटो चुनाव गराउन माग समेत गरेका छन् ।
इजरायलले अल्पकालिन फाइदाका लागि दीर्घकालिन सुरक्षा प्रभावित गरिरहेको उनको भनाई छ । आफू इजरायल सरकारको एक बफादार सदस्य रहेको र देशलाई बचाउन सरकारसँगका कतिपय मतभेदलाई बाहिर नल्याएको पनि उनी बताउँछन् ।
इजरायलको बेन्जामिन नेतन्याहुको नेतृत्व रहेको गठबन्धन सरकारको समर्थन गर्ने एक दलका नेता हबायित हेयेहुदीले शिक्षा मन्त्री नफतली बेन्नेटलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिएमा उनको पार्टीले सरकारको समर्थन फिर्ता लिने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।