इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेड घरेलु टोली वाट्फोर्डसँग ४-१ ले पराजित भएको छ ।
भिकारेज रोड स्टेडियममा वाट्फोर्डलाई जित दिलाउन जोसुवा किङ, स्माइल सार, जोआ पेड्रो र इम्मानुएल डेनिसले एक एक गोल गरे । युनाइटेडका डोनी भान डी विकले एक गोल फर्काए ।
खेलको ११औं मिनेटमा सारको पेनाल्टी प्रहारलाई म्यानचेस्टरका गोलरक्षक डेविड डि गियाले बचाउ गर्दा वाट्फोर्ड अग्रता लिन चुकेको थियो । तर, २८औं मिनेटमा किङले टोलीलाई सुरुआती अग्रता दिलाए ।
४४ औं मिनेटमा सारले गोल गर्दै वाट्फार्डको अग्रता दोब्बर बनाए । ५०औं मिनेटमा युनाइटेडका विकले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
६९औं मिनेटमा ह्यारी मग्वाएरले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि र युनाइटेड १० खेलाडीमा समेटियो ।
थप गरिएको समयमा पेड्रो र डेनिसले गोल गर्दै वाट्फोर्डलाई ४-१ को शानदार जित दिलाए।
यो जितसँगै १२ खेलमा १३ अंक जोडको वाट्फोर्ड १६औं स्थानमा उक्लिँदा पराजित युनाइटेड १७ अंकका साथ सातौं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।