आर्सनलमाथि लिभरपुलको शानदार जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनलमाथि शानदार जित हात पारेको छ । गएराति भएको खेलमा घरेलु टोली लिभरपुलले आर्सनलमाथि ४–० को जित हात पारेको हो । 

लिभरपुलको जितमा सादियो माने, डिएगो जोटा, मोहम्मद सलाहा र मिनामिनोले एक एक गोल गरे । यससँगै आर्सनलको पछिल्ला १० खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । 

खेलको ३९औं मिनेटमा नै मानेले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२ औं मिनेटमा जोटाले लिभरपुलको अग्रता दोब्बर पारे । यस्तै ७७ औं मिनेटमा सलाहा र ७७ औं मिनेटमा मिनामिनोले गोल गरेपछि लिभरपुलले शानदार जित हात पारेको हो । 

यो जितसँगै १२ खेलबाट २५ अंक जोडेको लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको चेल्सीको समान खेलबाट २९ अंक छ । 





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ७:२२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया