भारतीय योग गुरु बाबा रामदेवले आज(आइतबार) बिहान पशुपतिनाथ मन्दिर क्षेत्रमा योग गराएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषको आयोजनामा रामदेवले मन्दिर परिसरस्थित हंस मन्डपमा योग अभ्यास गराएका हुन् ।
शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पनि सहभागी थिए । शिविरमा योग गर्न चाहनेलाई निशुल्क प्रवेश दिइएको थियो । शिविर सकिएपछि स्वामी रामदेवले पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।