सुनसरी १ मा देउवा कमजोर, कोइराला-पौडेल पक्षको प्यानल नै विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा (क) र (ख) मा संस्थापन इतर पक्षको प्यानल नै विजयी भएको छ ।

शनिबार सम्पन्न निर्वाचनमा दुई क्षेत्रमा कोइराला–पौडेल पक्षधर मानिएका अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानलै विजयी बनेको हो । संस्थापन पक्ष देउवाबाट उम्मेदवार बनेका मदन ढकाल र अजय कुमार राई पराजित भए । 

मतगणनामा कोइराला–पौडेलका अनिल श्रेष्ठले भारी मतान्तरले ढकाललाई पराजित गरे ।  श्रेष्ठले २६८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ढकालले ९६ मत मात्रै प्राप्त गरे । 

उपसभापतिमा प्रदीप शाक्य र झुमा राईले क्रमशः २३७ र २८१ मत ल्याउँदै निर्वाचित बनेका छन् भने सचिवमा युवराज शंकर र राजेन्द्र राईले क्रमशः २८० र २४४ मत ल्याउँदै विजयी बनेका छन् । यता सहसचिवमा हरिप्रसाद ओझा र रमिता श्रेष्ठले क्रमशः २१८ र २५६ मत प्राप्त गर्दै विजयी बनेका छन् । 

संस्थापन पक्षबाट उम्मेदवारी दिएका उपसभापतिले कुमार मोक्तानले ९० र मनोजकुमार सुब्बाले ९७ मत मात्रै प्राप्त गरे भने सचिवमा राजेन्द्रकुमार राईले ९९ र सुनिलचन्द्र श्रेष्ठले ९१ मत प्राप्त गरे । 

सहसचिवमा कमल भट्टराईले १०० र विष्णुमाया मोक्तानले ११२ मत प्राप्त गरे । विधानअनुसार कोषाध्यक्ष पदमा भने मनोनीत गर्ने व्यवस्था छ । प्रदेशसभा (क) मा ३७६ प्रतिनिधि रहेकामा ३६७ जनाले मात्रै मत हालेका थिए । 



यता प्रदेशसभा (ख) मा पनि भट्टराईको प्यानलै विजयी बनेको छ । धरान–१७ स्थित एन्फा एकेडेमीको हलमा सम्पन्न निर्वाचनपछि मतगणनामा भट्टराईले कुल २५१ मत खसेकोमा १३९ मत प्राप्त गरे । प्रत्यासी राईले १०८ मत प्राप्त गरेका थिए । 

त्यस्तै उपसभापतिमा चन्द्रबहादुर मगर (अनिल) ले १५५ र डिल्लीसेर राईले १३० मत प्राप्त गर्दै निर्वाचित बने । यता संस्थापन तर्फका अमृतबहादुर खड्काले ८२ र सन्देश श्रेष्ठले ९२ मत ल्याएका थिए । सचिव पदमा राजेन्द्र खड्काले १४४ र विजय घिमिरेले १४३ मत प्राप्त गर्दै निर्वाचित बन्दा प्रत्याशी सङ्गीता राईले १२० र सुरजप्रसाद अधिकारीले ६३ मत मात्रै प्राप्त गरेका थिए । 



त्यस्तै, सहसचिव पदमा मञ्जु राईले १४४ र रोहित काफ्लेले १५१ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी विक्रम राईले ८५ र सर्वम धामी ८१ मत प्राप्त गरे । त्यस्तै, सदस्यहरूमा पनि भट्टराई प्यानल विजयी बनेको छ । 

यता महाधिवेशन प्रतिनिधिमा पनि कोइराला-पौडेल पक्षबाटै विजयी बनेका छन् । यसअघि नगरको अधिवेशनमा पनि संस्थापन पक्ष इतरको विजयी भएको थियो। सुनसरीको क्षेत्र नम्बर १ विशेष धरान क्षेत्र पर्ने गर्दछ । धरानमा संस्थापन पक्ष कमजोर रहेको प्रष्ट देखिएको छ ।  

यता निर्वाचन क्षेत्र नम्बर ४ (क) मा संस्थान पक्षका उपेन्द्रबहादुर कटुवाल निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थान इतरका नवराज बस्नेतले ७६ मत पाए । निर्वाचन क्षेत्र नम्बर ४ हाल सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको चुनावी क्षेत्र हो ।

  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ७:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया