ला लिगा : बार्सिलोनाको कठिन जित
फरकधार / ५ मंसिर, २०७८

स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा घरेलु टोली बार्सिलोनाले स्पान्योलमाथि १-० को कठिन जित हात पारेको छ ।



क्याम्प नोउमा मेम्फिस डिपाएले गरेको एक मात्र गोल बार्सिलोनालाई जित दिलाउन पर्याप्त बन्यो ।

डिपाएले खेलकाे ४८औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए ।

योसँगै प्रशिक्षक जाभी हर्नान्डेजले बार्सिलोनामा सुखद् सुरुवात गरेका छन् । उनले केही समयअघि मात्र रोनाल्ड कोम्यानको स्थान लिँदै टोलीको प्रशिक्षण सम्हालेका थिए ।



यो जितसँगै बार्सिलोना १३ खेलमा २० अंक जोड्दै छैटौं स्थानमा उक्लिँदा स्पान्योल १४ खेलबाट १७ अंकका साथ ११औं स्थानमा छ ।

लिग अन्तर्गत शनिबार नै भएको खेलमा एट्लेटिको मड्रिडले ओसासुनामाथि १-० को कठिन जित हात पार्‍याे ।

त्यस्तै सेल्टा भिगो भिल्लारियलसँग १-१, सेभिया एलेभेससँग २-२ तथा लेभान्ते एथेलेटिक्स क्लब बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएका छन् । 
 

  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ७:३७:५,   अन्तिम अपडेट : मंसिर ५, २०७८ आइतबार १०:१९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया