दाङमा बस दुर्घटना हुँदा २९ जना घाइते
फरकधार / ५ मंसिर, २०७८

दाङमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं आइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका हुन् । 



कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–३ नारायणपुरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार दुर्घटनामा घाइते तीनजनाको अवस्था गम्भीर छ ।



उनीहरूलाई उपचार गर्न बाँकेको कोहलपुर मेडिकल कलेजमा पठाइएको छ । पट्टा भाँचिएपछि बस अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना गएराति पौने २ बजेतिर भएको हो ।   



  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ७:५०:१३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया