‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरू हुँदैछन् । आज हुने दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । 

दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टिम खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन्।

दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लब भिड्नेछन् । खेल साँझ पाैने पाँच बजे सुरु हुनेछ । आठ पटक लिग जितेकाे मनाङ सुखद सुरुवात गर्ने मनसायमा हुनेछ। 

जावलाखेल पनि खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । 





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ७:५७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया