चार बानी छाेराछाेरीसँग गर्नुहाेस्, उनीहरुकाे विकास गर्नुहाेस्

अधिकांश अभिभावक बालबालिकाले गल्ती गरे भने गाली गर्ने गर्छन् । अझै बालबालिकाले कुनै काम गर्दै छन् भने उसलाई सहयोग गर्नका लागि हतारहतार अगाडि सर्छन् । यदि तपाईं पनि यस्तो गरिरहनुभएको छ भने आफ्ना बालबालिकालाई आत्मनिर्भर बन्नबाट रोकिरहनुभएको छ । आफ्नो बृहत्तर विकासका लागि बालबालिकाले गल्ती गर्नु पनि जरुरी हुन्छ ।

आमाबुबा बालबालिको पहिलो गुरु हो । बालबालिकाले विद्यालयको औपचारिक शिक्षा सुरु गर्नुभन्दा अगाडि नै उनीहरूमा सिक्ने प्रक्रिया सुरु भइसकेको हुन्छ । यसका लागि अभिभावकको अहम् भूमिका हुन्छ । बालबालिका जीवनमा अगाडि बढेर कसरी प्रस्तुत हुन्छन् भन्ने कुरा अभिभावकमा निर्भर हुन्छ । 

बालबालिकालाई आत्मनिर्भर बनाउनुहोस्

बायजुस लर्निङ एपका सहसंस्थापक तथा शिक्षक दिव्य गोकुलनाथका अनुसार बालबालिकालाई आत्मनिर्भर विद्यार्थी बनाउनु आवश्यक छ । यसका लागि उनीहरूलाई आफैं अभ्यास गर्न प्रेरित गर्नुपर्छ । बालबालिका स्वाभाविक रुपमा उत्सुक हुन्छन् र उनीहरूमा सिकाइप्रति जागरुकता पनि हुन्छ । यस्तो अवस्थामा उनीहरूको उत्सुकता कायम रहोस् र उनीहरूको उत्सुकतामा उनीहरूलाई सहयोग गर्नु अभिभावको जिम्मेवारी पनि हो । ससाना कुरामा ध्यान राखेर अभिभावकले बालबालिकाकोभित्र लुकेर बसेको आत्मविश्वासलाई बाहिर निकाल्न सकिन्छ । 

बालबालिकाको साथी बन्नुस्



आफ्ना बालबालिकाको उपलब्धिमा ध्यान दिनुहोस् । याद राख्नुहोस्, तपाईं आफ्ना बालबालिकाको सबैभन्दा असल साथी, प्रेरक र मार्गदर्शक हो । यदि तपाईं उनीहरूमाथि विश्वास राख्नुहुन्छ भने बालबालिका पनि आफैंप्रति विश्वास गर्न थाल्छन् अनि आत्मविश्वासका साथ जिज्ञासु बन्छन् । शोधअनुसार जब आमाबुबा आफ्ना बालबालिकाको सिक्ने कुरामा प्रेरित तथा प्रोत्साहन गर्छन्, तब मात्र बालबालिकामा सकारात्मक असर पर्छ । 

‘हो, तिमी गर्न सक्छौ’



बालबालिकालाई ‘हो, तिमी गर्न सक्छौ’ जस्ता वाक्य प्रयोग गरी प्रेरणा दिनुपर्छ । काम छिटो सकियोस् भनेर उनीहरूलाई सहयोग गर्नुको सट्टा धैर्य राख्नुपर्छ, जबसम्म बालबालिकाले काम पूर्ण रूपमा सक्दैनन् । बालबालिकालाई कुनै पनि कुरा सिक्न कठिन छैन भनेर विश्वस्त पार्नुहोस् । उदाहरणका लागि– यदि तपाईंका बालबालिका बोतलको बिर्को खोल्न कोसिस गर्छन् र सफल हुँदैनन् भने तपाईं हतारहतार उनीहरूलाई सहयोग नगर्नुहोस् । बरु एकछिन कुर्नुहोस् जबसम्म उनीहरूले यो काम गर्नका लागि कठिन छ भन्ने बुझुन् र कोसिस गर्नबाट हार नखाउन् । यदि बालबालिकालाई आत्मनिर्भर बनाउन चाहनुहुन्छ भने उनीहरूलाई सिक्ने कुरामा जिज्ञासु पनि बनाउनुहोस् । 

गल्तीलाई पनि प्रेरणाको रूपमा लिनुपर्छ 

बालबालिकाले गल्ती गरेमा गाली गर्नु र अरू बालबालिकासँग तुलना गर्नु बालबालिकाको आत्मविश्वासका लागि घातक हुन्छ । बालबालिकाको गल्तीमा पनि उत्सवको रुपमा लिनुपर्छ, यसले बालबालिकाको आत्मविश्वास बढ्छ र आफूमा भएको कमजोरीलाई साहसमा बदल्न सहयोग पुग्छ । यदि बालबालिकाले केही काम बिगोर भने उनीहरूलाई गाली गर्नुको सट्टा सम्झाउनु पर्छ, ताकि उनीहरूले सहीसँग त्यो काम कसरी गर्ने भन्ने जानुन् । 

बालबालिकाका लागि सानो प्रोत्साहनले एउटा लामो यात्रा तय गर्नका लागि धेरै सहयोग गरेको हुन्छ । सिकाइप्रतिको जिज्ञासाले बालबालिकाको आत्मविश्वास बढाउँछ । प्राज्ञिक तथा सामाजिक स्तरमा असाधारण प्रदर्शन गर्नका लागि यो गनै गुरुमन्त्री हो । 


 

  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ८:२०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया