रिसाहा बालबालिकालाई कसरी बनाउने विनम्र ?

एजेन्सी– संसारमा भएको हिंसाको असर पछिल्लो समय बालबालिकामा देखिन थालेको छ । बालबालिकाहरू ससाना कुरामा जिद्दी हुने तथा रिसाउने बानी अहिले बालबालिकामा देखिन थालेको छ । यस्तो अवस्थामा अभिभावकहरू बालबालिकालाई कसरी विनम्र बनाउने भनेर दुविधामा छन् । भारतका अभिभावकत्व विशेषज्ञ डा. विनय मिश्रले बालिबालिकाई विनम्र बनाउन यस्ता टिप्स बताएका छन्ः

१. बालबालिकालाई आफ्नो धारण बताउनुहोस्

आफ्ना बालबालिकाका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा बालबालिकालाई बालबालिकालाई उनीहरूका लागि आफ्नो दयालुपनको महसुस गराउनुहोस् । जब तपाईं बालबालिकाले दुष्ट व्यवहार गरेको देख्नुहुन्छ, उनीहरूलाई त्यही बेला यस्तो व्यवहार गर्नु हुँदैन भनेर विनम्रतापूर्वक सम्झाउनुहोस् ।

२. बालबालिकाका लागि आदर्श बन्नुहोस्

बालबालिकालाई शब्दले भन्दा बढी आचरणले असर गरिरहेको हुन्छ । यदि तपाईं स्वयं आदर्शवान् तथा करुणमयी हुनहुन्छ भने तपाईंका बालबालिकामा पनि त्यो गुण आउने सम्भावना धेरै हुन्छ । बालबालिकाहरू व्यवहार सिक्नका लागि अभिभावक र अरु ठूला मान्छेको ख्याल गर्छन्, बुझ्छन् र उनीहरूको जस्तै व्यवहार गर्न थाल्छन् । 

३. असल व्यवहारकाे प्रशंसा गर्नुहाेस्



जसरी तपाईं बालबालिकालाई उनीहरूको लापरवाही र क्रूरतापूर्ण व्यवहार राम्रो होइन भनेर सम्झाउनु हुन्छ, त्यसरी नै उनीहरूले गर्ने राम्रो कुरा/व्यवहारको प्रशंसा पनि गर्नुहोस् । उनीहरूको राम्रो व्यवहारका लागि उनीहरूलाई पुरस्कृत गर्नुहोस् । उनीहरूले कसैलाई सहयोग गरे भने स्याबास्, तिम्रो कामले म खुसी भएँ जस्ता शब्द प्रयोग गरेर उनीहरूलाई हौसला दिनुहोस् ।


 



  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ८:४१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया