६ औंला हुनेको दिमाग तेज

एजेन्सी– जो मानिसको हातमा अथवा खुट्टामा ६ औंला हुन्छन्, उनीहरुले पाँच औंला हुनेभन्दा राम्रो काम गर्छन् । पछिल्लो समय जर्मनीको विश्वविद्यालयमा गरिएको एक अध्ययनले निकालेको निष्कर्ष हो यो । 

जर्मनीको विश्वविद्यालय युनिभर्सिटी अफ फ्रिबर्ग एन्ड इम्पेरियल कलेजले निकालेको यो निष्कर्षमा ६ औंला हुने मानिसको मस्तिष्क तेज चल्ने बताइएको छ । यसलाई पहिले कुनै बिमारी मानिने भए त्यो सोच हटाउनु पर्ने भन्दै अध्ययनमा आठ सय व्यक्तिमा एक व्यक्तिमा यस्तो हुने र पाँच सय व्यक्तिमा एक जनाले चाहिँ सर्जरी गरेर त्यसलाई निकाल्न खोज्ने बुझिएको छ । 

यो अनुसन्धानले त कतिसम्म निष्कर्ष निकालेको छ भने अब बन्ने रोबोटहरुमा पनि ६ औंला राखिने बताइएको छ । रोबोटमा पनि ६ औंला भएमा रोबोटले अझ तेज गतिमा काम गर्ने उनीहरुको विश्वास छ । 

नेचर कम्युनिकेसन नामको एक म्यागजिनमा प्रकाशित रिपोर्टअनुसार ६ औंला हुने मानिसहरुले टाइपिङ मात्र होइन, पुस्तकका पाना पल्टाउन पनि सहजै हुने निष्कर्ष निकालिएको छ । 





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ८:२६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया