सिरी ‘ए’: फियोरेन्टिनाको रोमान्चक जित

इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार भएको खेलमा घरेलु टोली फियोरेन्टिनाले एसी मिलानमाथि ४-३ को रोमान्चक जित हात पारेको छ ।

स्टाडियो अर्टिमिनो फ्रान्चीमा फियोरेन्टिलाई जित दिलाउन डुसान भल्होभिचले २ तथा अल्फ्रेड डुकान र रिकार्डो सपोनाराले १-१ गोल गरे ।

एसी मिलानका लागि ज्याल्टन इब्रिहामोभिचले २ गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो ।

खेलको १५औं मिनेटमा डुकानले फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको थप गरिएको समयमा सपोनाराले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

६०औं मिनेटमा भल्होभिचले फियोरेन्टिनाका लागि तेस्रो गोल गरे । ६२ र ६७औं मिनेटमा इब्रिहामोभिचले गोल गर्दै खेललाई ३-२ को अवस्थामा ल्याए । 

८५औं मिनेटमा भल्होभिचले ब्यक्तिगत दोस्रो गोल गर्दा फियोरेन्टिना ४-२ ले अघि बढ्यो । दोस्रो हाफको थप गरिएको समयमा लोरेन्जो भेनुटीले आत्मघाती गोल गर्दा खेल ४-३ को अवस्थामा आयो । 



यो हारसँगै एसी मिलानले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । उ १३ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा छ । 

मिलान समान अंक भए पनि एक खेल कम खेलेको शीर्ष स्थानको नापोलीसँग गोल अन्तरमापछि परेको हो ।



यो जितका साथ १३ खेलमा २१ अंक जोडेर फियोरेन्टिना छैटौं स्थानमा उक्लिएको छ । 

  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ८:२२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया