करणको नयाँ चलचित्रमा पल शाह

अभिनेता पल शाह पछिल्लो समय निकै व्यस्त बन्दै गएका छन् । उनले एकपछि अर्को नयाँ चलचित्रमा साइन गरिरहेका छन् । निर्माणको क्रममा रहेको चलचित्र ‘सत्यम’ र ‘हुतुतु’मा अनुबन्धित भएका पलले अर्को नयाँ चलचित्रमा साइन गर्ने भएका छन् ।

पलले करण सिंहकाे निर्माणमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएका हुन् । गत सातामात्रै पल र करणबीच औपचारिक सम्झौता भएको छ । आरकेएस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमार्फत् पारिवारिक प्रेम कथा उठान गरिने छ ।

अहिले चलचित्रका लागि कलाकार तथा प्राविधिक टिम छनौटको कार्य भैरहेको निर्माता करण सिंहले जानकारी दिए । माघको अन्तिम साताबाट छायांकनमा जाने यो चलचित्रमा निर्माता करणको कथा तथा अभिमन्यु निरवीको पटकथा रहने छ । 





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ९:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया