जसपा कार्यकारिणी समिति बैठक बस्दै, प्रदीप यादवको स्पष्टीकरणको छिनोफानो हुने

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ । 

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारमा पार्टीको भूमिका, समसामयिक विषय र भावी रणनीतिबारे छलफल हुने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

उनकाअनुसार पर्साबाट निर्वाचित सांसद प्रदीप यादवको स्पष्टीकरणको टुंगो पनि आजको बैठकले लगाउनेछ ।

यादवलाई मन्त्री नबनाएको भन्दै पर्सामा प्रदर्शन भएको थियो । उपेन्द्र यादव र जसपाको झण्डा नै जलाइएको थियो । यो सबै यादवले नै गराएको भन्दै पार्टीले उनलाई सात बुँदे स्पष्टीकरण सोधेको थियो । 

यादवले त्यसलाई अस्वीकार गर्दै जवाफ पठाइसकेका छन् । उनको जवाफमाथि छलफल गरेर कारवाही गर्न कि सफाई दिने भन्ने निर्णय केन्द्रीय कार्यकारिणी समितिले गर्नेछ । 





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ९:१८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया