सिद्धुलाई गम्भीरको जवाफ : पहिले आफ्ना छोराछोरीलाई सीमामा पठाउनू

पञ्जाब कांग्रेसका प्रमुख नवजोत सिंह सिद्धुलाई आफ्ना छोराछोरीलाई सीमा क्षेत्रमा पठाउन चेतावनी दिएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई ‘बडा भाइ’ भनेपछि भाजपा सांसद तथा पूर्वक्रिकेटर गौतम गम्भीरले सिद्धुको आलोचना गरेका हुन् । 

गम्भीरले आफ्नो ट्विटमा लेखेका छन्, ‘आफ्ना छोरा या छोरीलाई सीमामा पठाउनू अनि आतंकवादी देशलाई आफ्नो ‘बडा भाइ’ भन्नुहोस् । घृणित, रीढ, हीन ।’

गम्भीरले पाकिस्तान प्रायोजित आतंकवादसँग भारतले पछिल्लो ७० वर्षदेखि लडिरहेको बताउँदै सिद्धुले ‘आतंकवादी देश’ का प्रधानमन्त्रीलाई बडा भाइ भन्नु शर्मनाक भएको बताए ।

नवजोत सिद्धुले करतापुर साहिबको यात्राका क्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई ‘बडे भाइ’ को संज्ञा दिएका थिए । 





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ९:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया