कांग्रेस महाधिवेशन : मोरङमा कोइराला-पौडेल समूह बलियो

कांग्रेस मोरङमा संस्थापनइतर कोइराला-पौडेल समूह बलियो देखिएको छ । १२ प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षका दुईजना मात्र सभापतिमा निर्वाचित भएका छन् ।

मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये चारवटामा सर्वसम्मत भएको थियो । थप आठवटामा सभापति चयन गर्न शनिबार निर्वाचन भएको थियो । 

आइतबार बिहान प्राप्त मत परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र १ (क)मा नरबहादुर तामाङ र (ख)मा राजकुमार लामा निर्वाचित भएका छन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ (क) मा कन्यैहालाल राजवंशी र (ख)मा देवेन्द्र बस्नेत विजयी भएका छन् ।

निर्वाचन क्षेत्र ३ (क)मा गंगा याक्खा र (ख)मा जगतलाल चौधरी, क्षेत्र ४ (क)मा एकाराम माझी र (ख)मा सुबोध निरौला सभापतिमा निर्वाचित भए । 

निर्वाचन क्षेत्र ५ (क)मा अचानु खाँ गन्गाई र (ख)मा जितु साह विजयी भए । दुबै सर्वसम्मत चुनिएका हुन् ।

मोरङको निर्वाचन क्षेत्र ६ (क)मा दिपक भगत र (ख)मा मधुवाबु तिवारी विजयी भए । 



माेरङ कांग्रेसका सचिव मोदराज घिमिरेका अनुसार जिल्लामा कोइराला-पाैडेल समूह बलियो देखिएको छ । हरेक निर्वाचन क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन् । 

मोरङ कांग्रेसकाअनुसार जिल्लामा जम्मा ३५५१ क्षेत्रीय प्रतिनिधि विजयी भएका थिए । प्रदेश प्रतिनिधि र पदाधिकारी चयन गर्न तीमध्ये करिब ९९ प्रतिशतले मत खसालेको पार्टी सचिव घिमिरेले बताए ।  



  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १०:५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया