भेरी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा  दाङ र बाँकेका हुन् । 

 बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मंसिर २५ गते अस्पताल भर्ना भएकी दाङको गढवा गाउँपालिका–७, दाङकी ४९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । 

त्यस्तै, मंसिर ३० गते अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका–५ का ६८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको वलीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार हालसम्म कोरोनाबाट ३४१ जनाको मृत्यु भएको छ । 





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १०:१३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया