टी-२० विश्वकप २०२२ को ग्लोबल क्वालिफायर खेल्ने १६ टोली

अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने आइसिसी टी-२० विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्ने १६ वटै टोलीको टुङ्गो लागेको छ ।

रुवान्डामा भएको अफ्रिकन छनोटको विजेता बन्दै युगान्डा ग्लोबल क्वालिफायरमा पुग्ने अन्तिम टोली बन्यो । भर्खरै युएईमा सम्पन्न टी-२० विश्वकपको अन्तिम चारमा रहेका आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान र पपुवा न्युगिनी तथा टी-२० को माथिल्लो वरीयतामा रहे पनि विश्वकपमा छनोट नभएका नेपाल, युएई, सिंगापुर र जिम्बाब्वे सिधै ग्लोबल क्वालिफायरका लागि छनोट भएका थिए । 

यस्तै, एसिया क्षेत्र छनोटबाट बहराइन र हङकङ, इस्ट एसिया प्यासिकबाट फिलिपिन्स, युरोपबाट जर्सी र जर्मनीले पनि ग्लोबल क्विलिफायरमा स्थान सुरक्षित गरे । 

त्यस्तै, अमेरिकी क्षेत्रबाट अमेरिका र क्यानडा ग्लोबल क्वालिफायरमा पुगे । एसिया क्षेत्रको समूह ‘बी’ को छनोट रद्द हुँदा हङकङ तथा इस्ट एसिया प्यासिफिकको पनि छनोट खेल हुन नसक्दा फिलिपिन्सले ग्लोबल क्वालिफायरमा स्थान बनाएका हुन् । 

टी-२० विश्वकपका लागि अर्को वर्षको फेब्रुअरी र मेमा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरेर ग्लोबल क्वालिफायर खेलाइने छ । ग्लोबल क्वालिफायरबाट दुवै समूहका शीर्ष २ टोलीले अर्को वर्ष अक्टोबर/नोभेम्बरमा हुने टी-२० विश्वकप खेल्नेछन् ।  





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १०:२८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया